सहकारीमा सञ्चालकहरु स्वच्छाचारी ढंगमा चल्दा समस्या आयो : चिन्तामणी सिवाकोटी

काठमाण्डु - राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निणर्य गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास गरेकाले गरेकाले संस्थामा थप समस्या आइरहेको उनले बताए । राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा…