काठमाण्डु – सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायल गाउँपालिकाबाट पोखरा पुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसँग भेट गरी बधाई ज्ञापन गरेको छ । जोरायल गाउँपालिकाबाट करीब ४५ जना गाउँवासी कृषि अवलोकन भ्रमणका क्रममा पोखरा पुगेका छन् । टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासँगै ज्येष्ठ नागरिकहरू जयबहादुर हमाल, मानबहादुर मल्ल, गाउँपालिकाका प्रमुख…