काठमाण्डु– गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाण्डुस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सँगै महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको कम्पनीले पुष्टि गरेको छ। कम्पनीका अनुसार यस घटनाले भौतिक सम्पत्तिमा मात्र नभई कर्मचारीको सुरक्षा र सेवा निरन्तरतामा पनि चुनौती उत्पन्न गरेको छ। तर, यी कठिनाइहरूका बीच पनि एनसेलले देशभरका ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराइरहेको…