सरकार र दुग्ध किसानबीच भएको पाँच बुँदे सहमतिमा के छ ?

काठमाण्डु- आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबीच ५ बुँदे सहमति भएको छ । आज सरकार र दुग्ध किसानबीच सहमति भएसँगै आन्दोलनका स्थगन भएको हो । सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने भनिएको छ ।…