काठमाण्डु - १ सय किलो सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीएका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। सीआईबी स्रोतका अनुुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याईएको जनाएकाे छ ।…