आगामी निर्वाचनमा विद्युतीय मतदान गराउन सरकारलाई आयोगको आग्रह

काठमाण्डु - निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालय मार्फत सरकारलाई उक्त आग्रह गरेको हो । निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्वन्धी कानूनमा भएको ब्यवस्था समेतको आधारमा इभीएमको प्रयोग तथा व्यवस्थापन…