पेस्तोलसहित बूढानीलकण्ठबाट एक जना पक्राउ

काठमाण्डु- प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्। उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ। श्रेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार…