काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पठाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाण्डुमा मुद्दा पठाएको हो । अदालतमा २९० जना विरुद्ध ललिता निवासको जग्गा घोटला प्रकरणमा मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ । हाल उक्त प्रकरणमा १८ जना प्रतिवादी पक्राउ परेका छन्…