मूल्य वृद्धिको विरोधमा काठमाण्डुमा अनेरास्ववियुको प्रदर्शन, दर्जनौं घाइते

काठमाण्डु – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाण्डुको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, अनेरास्ववियु  जिल्ला कमिटी सचिब उज्ज्वल खड्का लगायत एक दर्जन बढी कार्यकर्ता…