विश्वराज पोखरेलको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १३ गते

काठमाण्डु - आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ लम्बिएको हो । आइतवार अधिवक्ताहरु पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, रमेश बडालसहितका वकिलहरुले बहस गरेका थिए । अब आगामी असार…