काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । मेयर शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा कारवाही हुनुपर्ने मागसहित निवेदन पेश गरेकी हुन् । निवेदनमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिने जनाइएको छ।…