अन्य राजनीतिक दलप्रति कुनै टिप्पणी गर्नुपर्दैनः गगन थापा

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले काम गरेर देखाउने बताएका छन् । सोमबार ललितपुरमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले काम गरेर देखाउनुपर्ने बेला आएको र अन्य राजनीतिक दलप्रति कुनै टिप्पणी नगर्न आग्रह गरेका हुन् । ‘कांग्रेसले काम गरेर देखाउने हो। हाम्रा कांग्रेसका मन्त्रीहरुले काम गरेर देखाउने हो। म त अरु राजनीतिक दलको…