काठमाण्डु- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीब्रता दिएको छ। सिआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेसँगै अन्य चार जनालाई समेत पक्राउ गरेको हो। पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू रहेका छन्। जसअनुसार मालपोत कार्यालय,…