काठमाण्डु-काठमाण्डु महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो। तर तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढेको छ। बाटोमै तार फालिएपछि पैदलयात्रुलाई समस्या भएको…