अर्थमन्त्रीलाई रघुजी पन्तको चेतावनी : चुरे छुनुभयो भने देशमा आगो बल्छ

काठमाण्डु - नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । उनले चुरे छुनु भयो भने देशमा आगो लाग्ने बताए। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि संसदमा बिहीबार भएको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुंगा गिट्टी निर्यातको योजना आएको बताएका हुन् । ‘अर्थ मन्त्री ज्यू,…