भरतपुरमा रेनु दाहालले लिइन् १३ सय मतको अग्रता

काठमाण्डु - भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो मतपरिणमअनुसार गठबन्धनकी उम्मेदवार दाहालले प्रतिद्धन्द्धि नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीमाथि १३ सय बढी मतले अग्रता लिइरहेकी छन् । अहिलेसम्म दाहालले ९ हजार ३६३ ल्याएकी छन् भने सुवेदीले ८ हजार १९ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ…