पत्रकार महासंघले रविलाई भन्यो- धम्कीपूर्ण अभिव्यक्तिले कुनै घटना घटे जिम्मा लिनुपर्छ

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ती जारी गर्दै लामिछानेको अभिव्यक्ति नेपाली सञ्चार क्षेत्रप्रतिको आधारहीन र पूर्वाग्राही आरोप लगाउदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएका हुन् । संसदको चौथो ठूलो दलका सभापति तथा गृहमन्त्रीसमेत रहिसकेको व्याक्तिले संयमता…