‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

झापा- ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बुको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि चिकित्सकको सल्लाह र सुझावमा उनलाई ललितपुर स्थित मेडिसिटी अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो, छोरा मोहन बेघा लिम्बूले भने । उनका अनुसार…