फागुन २९ गते राष्ट्रपतिको निर्वाचन, २३ गते उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। निर्वाचन आयोगको बिहीबारको बैठकले २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुने समय तय गरेको हो। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा २ बमोजिम राष्ट्रपतिको निर्वाचनको निर्णय गरिएको जनाइएको छ। संघीय संसद्‌का सदस्य र प्रदेशसभाका सदस्यहरूको…