काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो । सोमबार अधिवक्ता पदम श्रेष्ठले महानगरसहित र मेयर बालेन शाहसमेतलाई विपक्षी बनाएर अदालतमा रिट दर्ता गरेका थिए । फोहोर उठाउने निर्णयबाट महानगर पछि हट्न नमिल्ने…