दिवा खाजामा व्यापक अनियमितता, आउँदै नआएका विद्यार्थीकाे नाममासमेत रकम निकासा

सिरहा - सिरहाको अधिकांस विद्यालयमा दिवा खाजाको रकममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । विद्यालयका शिक्षकहरूले दिवा खाजाको पैसा पचाउन विद्यालयनै नआएका विद्यार्थीको समेत हाजिरी गरी अनियमितता गर्दै आएको पाइएको हो । स्थानीय तहका नगर शिक्षा शाखाले विद्यार्थीको उपस्थितिको आधारमा मात्र दिवा खाजाबापतको रकम पठाउने भएपछि विद्यालय नआएका विद्यार्थीको पनि हाजिर बनाउने गरेका छन्…