निहारिका राजपूत प्रहरीको नियन्त्रणमा

महोत्तरी- पतिसँग सम्बन्ध बिग्रँदै गएपछि आज बिहीबार घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पति डा.पङ्कज चौधरीको रामगोपालपुर–५ स्थित घरको मुख्यद्वारमा सहयोगी निहारिकासहित गत मङ्गलबारदेखि धर्ना दिँदै अनशनमा बसेकी नेहाले घर परिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनाव रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको…