महासंघद्वारा पत्रकारमाथि भएका दुर्व्यवहारप्रति विरोध

काठमाण्डु - समाचार सङ्कलनका क्रममा बाँके र चितवनका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटनाप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ । महासङ्घ बाँके शाखाका अनुसार मङ्सिर २४ गते शनिबार नेपालगञ्ज म्याराथनको रिपोर्टिङका लागि पुगेका शाखाका पूर्वाध्यक्ष रुद्र सुवेदीसहित खम्ब पुन, रवीन्द्र घिमिरे जावेद हल्वाई, गौरव गिरी लगायतका पत्रकारमाथि आयोजक क्रियटिभ ह्यान्ड्सका सौगात विक्रम लगायतले…