काठमाण्डु- राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् । शनिवार काठमाण्डुको चम्पादेवीमा पुगेर राष्ट्रपति पौडेलले पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन् । पौडेललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए । अध्यक्ष नेपालले राष्ट्रपति पौडेललाई पुष्पलालको तस्बिर पनि हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि…