ड्युटीमा खटिएका ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु

काठमाण्डु- बारामा डियुटीमा रहेका एक ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु भएको छ। शुक्रबार राति सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको हो । काठमाण्डुबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका…