काठमाण्डु- गृह मन्त्रालयले गौर घटनाको छानबिनका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले उक्त घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो। गौर घटनाका पीडितहरुले दोषीलाई कारबाहीको माग गर्दै आएका छन्। गौर घटनाका दोषी उपर कारबाही हुनुपर्ने माग गर्दै पीडितहरु आन्दोलनमै उत्रिएपछि साउन २३ गते पीडित र गृह मन्त्रालयबीच सहमति भएको थियो।…