काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्देशन दिएका छन् । आइतबार दिउँसो काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र…