युक्रेनमा रहेका १९३ नेपाली सुरक्षित,सीमा नाकाबाट अर्को मुलुक प्रवेश गर्न सकिने 

काठमाण्डु -  युक्रनेमा रहेका १९३ जना नेपालीहरू सुरक्षित रहेको जर्मनीस्थित नेपाली दुतावासले जनाएको छ । सम्पर्कमा आएका सबै  १९३ जना नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासले अनुमान गरेको छ । रुसले युक्रेनको पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ…