पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण

काठमाण्डु- सर्वोच्च अदालत बार एसोसिएसनको बैठकले नेपालको संविधानभन्दा बाहिर गएर पूर्वप्रधान्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सर्वोच्च बारको आज बसेको कार्यसमिति निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय भएको जानकारी दिइएको हो । सर्वोच्च बारका अध्यक्ष हरिशङ्कर निरौलाले संविधान र कानुनविपरीत पूर्वप्रधानन्यायाधी र पूर्वन्यायाधीशलाई…