सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष

बलेवा - ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । पन्ध्र दिनभित्र पेस हुने प्रस्तावबाट बढीबढाउका…