सांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेशमा लैजान अस्पतालको सिफारिस

काठमाण्डु - ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले सिफारिस गरेको छ । हालको श्रोत र साधनको अवस्थामा उनीहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न अस्पतालले सिफारिस गरेको हो । उनीहरूलाई थप उपचारका लागि…