बजेट सम्बन्धीका विधेयक सभामुख घिमिरेद्वारा प्रमाणित

काठमाण्डु - सभामुख देवराज घिमिरेले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित आर्थिक वर्ष २०८०-०८१ को बजेटसम्बन्धी विधेयक शुक्रबार प्रमाणित गरेका छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका…