नेपालकाे विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका तयार

काठमाण्डु- अमेरिकाले नेपालको विकासमा आफूले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ । दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालको विकासमा अमेरिकाले सुरु गरेको विकास परियोजनाहरु अगाडि बढाउन तयार र दृढ रहेको जानकारी गराएकी हुन् । आइतबार काठमाडौं आइपुगेकी उनी सोमबार बिहान बालुवाटारस्थित…