बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित

काठमाण्डु- बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् । आजको प्रदेशसभा बैठकमा एक सय १० मध्ये एक सय आठ सदस्य उपस्थित रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी…