प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङबीच बालुवाटारमा भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा राजदूत छन् सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएकाे हाे। भेटमा प्रधानमन्त्री दाहालले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए। उनले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको समेत बताए।…