काठमाण्डु- यति एयरलाइन्सको विमान दुर्घटनामा १६ जनाको शव भेटिएको छ । ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित काठमाण्डौँबाट पोखरा उडेको विमान पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।