खोटाङ - खोटाङको दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती भएको छ । दिक्तेल–खोटाङबजार सडकअन्तर्गत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नतीको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो । अस्पतालचोक–दुबेचिवा (३ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम ढुकुछु/बगाले/बिएनटी जेभीले लिएको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न…