उपचारका क्रममा एक जनाको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड भएको छ । सोमबार उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएपछि मृतकका आफन्तले आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका हुन् । पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए । मृतक रमेशका ज्वाइँ सागर…