काठमाण्डु - एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट ओलीले बिहीबार मतदान गरेका हुन्। पत्नी राधिका शाक्यसहित ओली मतदानस्थल पुगेका थिए। ओली झापा-५ बाट उम्मेदवार छन्।