काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । पछिल्लो समय काठमाण्डु उपत्यकामा ओमिक्रोनको संक्रमण बढिरहेकाले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न र सम्भावित भीडभाडलाई कम गर्नका लागि उपत्यकाका सिडिओहरु आन्तरिक छलफलमा जुटेका हुन् । काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लामा सम्भावित भीडभाड…