काठमाण्डु - कोरोना संक्रमण बढेपछि सरकारले सीमा नाका र हवाइ उडान बन्द गर्ने विषयमा छलफल सुरु गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकमा त्यसबारेमा शुक्रवार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रवार बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए । बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेल…