काठमाण्डुको गोठाटारमा गोली चल्यो, एक घाइते

काठमाण्डु - काठमाण्डुको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगिसकेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन । घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। कसले गोली चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।