महानगरले हटायो तीनकुने-कोटेश्वर खण्डका अनाधिकृत संरचना

काठमाण्डु - काठमाण्डु महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनाधिकृत संरचना हटाउन सुरु गरेको छ । फुटपाथमा अवरोध हुने गरी बनाइएका घरका भर्‍याङलगायत संरचना हटाएको काठमाण्डुका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा तीन पटक डोजर चलाइसकेको छ ।