काठमाण्डु- प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका सबै व्यक्तिसँग बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकमा पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञहरुलाई बयानका लागि बोलाउनेबारे छलफल भएको कांग्रेस सांसद तथा समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । यद्यपी, क(कसलाई कति बेला बोलाउने भनेर यकिन भने भैसकेको छैन ।…