काठमाण्डु- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका बहालवाला न्यायाधीशलाई बयानका लागि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए । समितिमा बयान दिने…