कालिकोट । गएको कात्तिक–१२ गते कालिकोटको तिलागुफा नगरपालिका –१० स्थित रानावाडामा २ जना बालिकाको ज्यान जानेगरी भएको बम विष्फोटको घटनाबारे इन्सेकले आफ्नो प्रतिवेदन तयार गरेको छ । इन्सेक कर्णाली प्रदेशले तत्कालिन माओवादी र सरकारबीच ०५२ फागुन १ गतेबाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्दको अन्त्य भएको १६ वर्ष भइसक्दा समेत समय–समयमा विष्फोटका घटना हुनुलाई द्वन्द्वको…