काठमाण्डु- नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल नतिर्ने उपभोक्ताविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले एक परिपत्र जारी गर्दै डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेका तर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता महसुल नतिर्ने उपभोक्तालाई समयमै भुक्तानी गर्न निर्देशन दिएको हो। यसअघि विभिन्न मितिमा सार्वजनिक सूचना जारी गर्दै…