सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर सञ्चालन गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताएका हुन् ।पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले…