काठमाण्डु – नेपालमा फेरि कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । यसअघि भेटिएको साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सबभेरिएन्ट ‘एक्सबीबी’ देखिएको हो । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले पहिलो पटक देखिएको यो भेरिएन्ट उच्च संक्रामक हुनसक्ने बताए । यो एक्सबीबी…