काठमाण्डु - मुलुकभर आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएकाे छ ।आयोगलाई प्राप्त विवरण अनुसार ६१ प्रतिशत मत खसेको आयोगले जनाएकाे हाे । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कतिपय ठाउँको एकिन संख्या आइनसकेकाले केहि संख्या बढ्ने सक्ने बताए । आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको…